थप ८४३ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा शनिबार थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८३६५८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २२६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७५०३८ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०७५ पुगेको छ। क्वारेन्टाइनमा ७४ जना छन् भने आइसोलेसनमा ५५४५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।