बाँकेमा एकजना कोरोना सङ्क्रमितको मृत्यु



बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड सघन उपचार कक्ष र आइसोलेशन सञ्चालनमा ल्याएको छ ।

कोरोना सङ्क्रमणको दर र मृत्युुदर तीव्ररुपमा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै शिक्षण अस्पताल कोहलपुरमा १५ श्ययाको सघन उपचार कक्ष तथा ३० श्यया क्षमताको आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिए ।

उनका अनुसार, कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना सङ्क्रमणदर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।

उपचाररत एक सङ्क्रमितको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको शनिबार बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका– ११ नारायणपुर निवासी ३७ वर्षीय सङ्क्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, स्वास्थ्यमा समस्या देखिएपछि चैत २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात् भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान १ बजेर २७ मिनेटमा मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने