थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८२८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २०८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७४८१२ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०७० पुगेको छ। क्वारेन्टाइनमा ७७ जना छन् भने आइसोलेसनमा ५००८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।