तेस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह सुरु



काठमाडौं । तेस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह सुरु भएको छ । अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले आचारसंहिता सप्ताह सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बिहीबारदेखि सुरु भएको सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुने तेस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह–२०७८ कार्यक्रमको बलाधिकृत रथी प्रभुराम शर्माले एक समारोहकाबीच जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सुभारम्भ गरेका छन् ।

कार्यक्रममा बलाधिकृत शर्माले सकलदर्जालाई सम्बोधन गदैै गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राख्दै जनताको विश्वासको केन्द्रविन्दु बन्न सफल भएको र यसको मूख्य श्रेय सेनाका भूतपूर्व तथा बहालवाला सच्चा सिपाही र समग्र संस्थालाई नै जाने बताए ।

सेनाका सकलदर्जाको उपस्थितिमा सञ्ंचालन भएको उक्त कार्यक्रममा मानवीय आचरण तथा मूल्य मान्यता सम्बन्धमा महन्त श्री १०८ स्वामी पुरुषोत्तम महाराजबाट अभिप्रेरणात्मक प्रवचन भएको थियो । यस्तै, कर्यक्रममा सैनिक आचारसंहिता सम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा