‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणालीको शुभारम्भ



काठमाडौं । सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । नापी विभागमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरे । अब ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल नेपालको अवधारणासाथ काम गरिरहेको सरकार प्रविधिमा थप एक कदम अगाडि बढेको बताए । उनले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको सुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने उल्लेख गरे ।

‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो। यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ ।’ प्रधानमन्त्री ओलीले लेस फेस, लेस पेपर, क्यास लेसको अभियानमा सरकार लागि परेको समेत स्पष्ट पारे ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले मालपोत र नापीमा हुने बेथिति रोक्न ‘मेरो कित्ता’ अनलाइन प्रणाली सुरुवात गरिएको बताइन् । जग्गासँग जोडिएर मालपोत र नापीमा पुगेर जनताले भोग्नुपर्ने सास्तीको अन्त्य गर्नु ऐतिहासिक काम भएको पनि उनले बताइन् । उनले कार्यालयमा हुने ढिलासुस्ती र बेथितीलाई रोक्न यो कार्यक्रम ल्याइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यदलले अझै सकेन सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन मंगलबार दोस्रोपटक भएको सत्तारुढ गठबन्धन

बैंकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बैंकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दबाब नदिन अन्तरिम

मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली जाने

काठमाडौं । मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ ।

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै