स्वास्थ्य मन्त्रालयले राख्यो १४ जिल्लालाई कोरोना संक्रमणको अतिप्रभावितको सूचीमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई कोरोना संक्रमणको अतिप्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो ।
मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।