‘देशले फेरि लकडाउन धान्न सक्दैन, खोप ल्याउन उच्च कुटनैतिक पहल गरियोस्’



काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसको कोभिड १९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी कोभिड संक्रमण पछिल्लो समय बढेको र भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावना रहेको भन्दै सरकारलाई गम्भीरताका साथ लिन आग्रह गरेको हो ।

समितिले आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइनको व्यवस्था गर्न, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परीक्षण दायरालाई व्यापक बनाउन आग्रह गरेको छ

कांग्रेसले काभिड—१९ को विरुद्ध आमजनतालाई खोप पुर्याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाउन र खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियारद्वारा डोल्पामा खेल मैदान निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

  मलेखु (धादिङ) । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते