विद्यालय बन्दको नगर्न सरकारलाई सरोकारवालाको सुझाव



काठमाडौं । सरोकारवालाले कोरोना संक्रमणलाई देखाएर तत्काल विद्यालय बन्दको निर्णय नगर्न सरकारलाई सुझाव दिएका छन् ।

शिक्षा मन्त्रालयमा सोमबार बिहान भएको छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाले विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका हुन् । उनीहरुले अवस्था हेरेर विद्यालय बन्द गर्नै परे स्थानीय तहलाई अधिकार दिनुपर्ने बताएका छन् ।

छलफलमा सहभागी नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले गर्नै परे स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्न सक्ने बताए । उनले विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय गर्न नहुने बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय गर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले छलफलमा उठेका विषयलाई सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने बताए । सीसीएमसीले भने काठमाडौं लगायतका ठूला शहरी क्षेत्रमा कम्तिमा ३ साता शिक्षण संस्था बन्द गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको