हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो होः पूर्वराजा ज्ञानेन्द्र



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दू धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरिद्वारमा सुरु भएको कुम्भ मेलामा आइतबार सम्बोधन गर्दै पूर्वराजा शाहले हिन्दू धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डोर्याउने खालको भएकाले हामी संवदेनशील हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन्– तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन्’, सम्बोधनमा उनले भनेका छन्, ‘ नेपाल र भारतका कैयन देवस्थलहरु, धामहरु एवम् अनेकौँ स्थानहरु यस्ता छन् जसले सदैव– सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन्। लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा आर्य सभ्यताको महत्व खिइँदै गरेको छ । हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो।’

कुभ्ममेलामा महामण्डेश्वर कैलाशानन्द गिरीले पूर्वराजदम्पतीलाई स्वागत र आशिर्वाद दिएको अवसरमा पूर्वराजा शाहले मन्तव्य व्यक्त गरेका हुन् । सोमबारको मौनी अमावश्यामा गिरिसँगै राजदम्पती पनि शाही स्नानमा सहभागी हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने