थप ३०३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८००२८ पुगेको छ ।
त्यस्तै आइतबार थप १४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७४०२७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४० पुगेको छ । क्वारेन्टाइनमा ८३ जना छन् भने आइसोलेसनमा २९६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।