कोरोनाको नयाँ भेरियन्ट समेत देखापरेकाले सतर्कता अपनाउन सीसीएमसीको अपील



काठमाडौं । कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ ।

सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालका अनुसार बैठकमा पछिल्लो सङ्क्रमणको स्थिति तथा तयारीको विषयमा छलफल गरिएको र आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको छ ।

यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने भएको छ । कोरोनाको लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राखिनेछ । स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्न बैठकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन