काठमाडौं । गृह मन्त्रालयले शुक्रबार वितरण भएका विभूषण पुरानो मितिका भएकाले पुरानै नक्सा उल्लेख गरिएको स्पष्टीकरण दिएको छ ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी विभूषण ३ असोज ०७६ मा घोषणा भई ०७७ वैशाख १ मा वितरण गर्नुपर्नेमा कोभिड–१९ महामारीका कारण शुक्रबार मात्र वितरण गरिएको जनाएको छ ।
मन्त्रालयले ०७७ असोज ३ मा घोषणा भई ०७८ वैशाख १ मा वितरण गरिने विभूषणहरूमा भने कालापानी–लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा अंकित गरिने जनाएको छ ।


प्रतिक्रिया