तक्मामा चुच्चे नक्सा नपर्नु कतै वालुवाटारमा विदेशी गुप्तचरसँगको मन्त्रणा त होइन ?


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार राष्ट्रपतिले वितरण गरेको तक्मामा चुच्चे नक्सा नराखिएको भन्दै रावलले आपत्ति जनाएका हुन् । शनिबार ट्वीट गर्दै रावलले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् । उनले यसो हुनुको कारण कतै वालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरून्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’ शुक्रबार सरकारले विभिन्न व्यक्तिलाई प्रदान गरेको तक्मामा नयाँ नक्सा राखिएको थिएन । त्यसलाई लिएर सरकारको सर्वत्र आलोचना भएको छ ।