चीनबाट अनुदानमा प्राप्त खोप लगाउन सुरु
काठमाडौं । कोभिडविरुद्धको खोप अभियान बुधबारदेखि पुनः सुरु भएको छ । बुधबारदेखि चीनबाट अनुदानमा प्राप्त ’भेरोसेल’ भ्याक्सिन दिन सुरु गरिएको हो ।
चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई लगाउन थालिएको हो ।