सरकार परिवर्तन पार्टीको तात्कालिक कार्यभारः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति आफूहरुको एजेण्डा भन्दा बाहिर नगएको बताएका छन् ।

मंगलबार नेपालगंजमा कार्यकर्तासँगको भेटमा अध्यक्ष प्रचण्डले पार्टीको आगामी योजना र कार्यक्रम तय गर्न केन्द्रमा छलफल भइरहेको बताएका हुन् । उनले पार्टीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएको र त्यस प्रक्रियामा छलफल चलिरहेको बताए । उनले पार्टी सृदृढ गर्ने अभियान तय भएको र केन्द्रीय कमिटी बैठक बसेर त्यसलाई तल्लो तहसम्म पुर्याउने बताए ।