काठमाडौं विश्वकै प्रदूषित सहरको एक नम्बरको सूचीमा, मानव जीवन जोखिममा



काठमाडौं । काठमाडौं आजपनि विश्वकै प्रदूषित सहरको सूचीमा एक नम्बरमा परेको छ । सोमबार पनि पहिलो नम्बरमा रहेको काठमाडौं आजपनि एक नम्बरमै परेको हो । केही दिन कम देखिएको प्रदूषण हिजोदेखि पुनः उच्च बन्दै गएको छ ।

घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ । आज बिहान काठमाडौंको क्युआई २९१ रहेको छ । मंगलबार बिहान काठमाडौंपछि बंगलादेशको ढाका, भारतको दिल्ली, भियतनामको हानोइ क्रमशः दोस्रो, तेस्रो स्थानमा रहेका छन् । देशका विभिन्न स्थानमा लागेको डढेलो तथा लामो समयदेखि पानी नपर्दा प्रदूषण बढेको हो ।

वायू प्रदूषण अत्याधिक बढेपछि विज्ञहरुले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरेका छन् ।

यसअघि उपत्यकामा चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो। प्रदूषण बढेको भन्दै सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचानको

मधेस प्रदेशमा आगलागीबाट ४६ करोड रुपैयाँ बराबरको क्षति

  जनकपुरधाम ।  मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोडभन्दा

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

    चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त