भारतमा आएको भूकम्पको नेपालमा पनि धक्का महसुस


काठमाडौं । भारतमा सोमबार राति ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ९ बजेर ४ मिनेट जाँदा भारतको बिन्नागुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएको छ । बिन्नागुरी भारत र भुटानको सीमाक्षेत्र भएको बताइएको छ । पूर्वी नेपालमा कडा र काठमाडौंमा भूकम्पको धक्काको हल्का महसुस गरिएको थियो ।