ओलीले बाह्य शक्तिको आडमा देश, जनता र पार्टीप्रति घात गरेकाले उनीविरुद्ध सक्रिय हुन नेता कार्यकर्तालाई नेपाल पक्षको अपील


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी रुपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्तालाई अपील गरेका छन् ।

शुक्रबार साँझ संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले प्रधानमन्त्री ओलीले बाह्य शक्तिको आडमा देश, जनता र पार्टीप्रति घात गरेकाले सक्रिय हुन नेता कार्यकर्तालाई अपील गरेका हुन् ।