काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले म्यानमारमा सैनिक सरकारको दमनविरुद्ध नेपालस्थित म्यान्मार दूतावास अगाडि प्रदर्शन गरेको छ ।
म्यानमारको सेनाले सत्ता हत्याउँदै सर्वसाधारणमाथि दमन गरिरहेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले भैँसेपाटीस्थित म्यानमार दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो ।
म्यान्मारमा प्रजातन्त्रको पुनर्वहाली र नरसंहार रोक्न माग गर्दै प्रदर्शन र ज्ञापनपत्र बुझाइएको अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । पछिल्ला दिनमा म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि दमन गरिरहेको छ । फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि अहिलेसम्म पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया