भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज खोप हस्तान्तरण



काठमाडौं । नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले प्रधान सेनापति थापालाई भर्चुअल माध्यमबाट खोप ग्रहण गर्न अनुरोध गरेपछि उक्त खोप हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण समारोहमा जनरल नरवणेले मित्र राष्ट्रलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीतिअनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई खोप सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका थिए ।

प्रत्युत्तरमा प्रधानसेनापति थापाले सहयोगको लागि भारतीय सेनाका सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारी लाभान्वित हुने विचार व्यक्त गरेका थिए । महामारी विरुद्धको लडाइँमा नेपाली सेना अझ बढी प्रभावकारी रूपमा जनताको सेवामा लाग्न सक्षम हुने बताउँदै थापाले यस कार्यबाट दुई देशका सेनाबीचको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा