चीनद्वारा नेपाललाई आठ लाख डोज खोप हस्तान्तरण



काठमाडौं । चीन सरकारले आठ लाख डोज कोभिड खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत हौ यान छिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् ।

चीनले अनुदानमा दिएको कोभिडविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको थियो । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो ।

यसअघि सोमबार बिहान उक्त खोप चिनियाँ राजदूतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी थिइन् । खोप लिन नेपाल एयरलाइन्यसको वाइडबडी जहाज आइतबार साँझ बेइजिङ गएको थियो । चीनले अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरे अनुसारको यो खोप हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो

  काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ ।

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन

नाबालिका हत्या आरोपमा सिरहामा छिमेकी आमाछोरी पक्राउ

  सिराहा ।  नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ