चीनले अनुदानमा दिएको आठ लाख डोज खोप काठमाडौं आइपुग्यो



काठमाडौँ । चीनले अनुदानमा दिएको कोभिडविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो ।

सोमबार बिहान उक्त खोप चिनियाँ राजदूत हउ यान्छीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । खोप लिन नेपाल एयरलाइन्यसको वाइडबडी जहाज आइतबार साँझ बेइजिङ गएको थियो ।

चीनले अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरे अनुसारको यो खोप हो । यसअघि नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।

त्यस्तै नेपालले सिरमसँग २० लाख डोज खोप खरिद गरेको छ । त्यसमध्ये दश लाख डोज आइसकेको छ भने बाँकी दश लाख डोज अप्रिल पहिलो साता आइपुग्ने बताइएको छ । त्यस्तै भारतीय सेनाले आइतबार नेपाली सेनालाई १ लाख डोज कोरोना खोप सहयोगमार्फत उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोलुखुम्बुमा डढेलोले दश घर जलेर नष्ट, दर्जनौँ पशुचौपायाको मृत्यु

सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर

सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने संस्था

काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ ।  काठमाडौँ  बिहीबार फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा

‘कोशीका मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्ने भएको छ, विशेषाधिकार हननमा कारबाही हुन सक्छ’

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको