भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोभिडविरुद्धको खोप



काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप दिने भएको छ ।

कोरोना महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज खोप आइतबार साँझ काठमाडौं आइपुगेको हो । एयर इन्डियाको विमानमार्फत खोप काठमाडौं ल्याइएको हो ।

खोपको औपचारिक हस्तान्तरण केही दिनमा हुने नेपाली सेनाले जनाएको छ । भारतले नेपाललाई अनुदानमा दश लाख डोज उपलब्ध गराइसकेको छ भने सरकारले २० लाख डोज खरिद गरिसकेको छ । २० लाख मध्ये दश लाख डोज नेपाल आइसकेको छ भने बाँकी दश लाख डोज अप्रिल पहिलो साता आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन

नाबालिका हत्या आरोपमा सिरहामा छिमेकी आमाछोरी पक्राउ

  सिराहा ।  नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ

बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि

सोलुखुम्बुमा डढेलोले दश घर जलेर नष्ट, दर्जनौँ पशुचौपायाको मृत्यु

सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर