ओलीका विश्वासपात्रले भेटे जेलमै पुगेर निलम्बित सांसद रेशम चौधरीलाई


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीसँग भेट गरेका छन् । शुक्रवार बिहान नेता बस्नेतले डिल्लीबजार कागारा पुगेर चौधरीलाई भेटेका हुन् ।

सत्ता समीकरणका लागि दलहरुबीच रस्साकस्सी प्रधानमन्त्रीका विश्वमासपात्र बस्नेतले चौधरीसँग भेट गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको बस्नेतले जानकारी दिएका छन् । पछिल्ला दिनमा जनता समाजवादी पार्टीसँग एमालेले वार्ता अघि बढाइरहेका बेला चौधरीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

जसपाले थुनामा रहेका चौधरीलगायतको मुद्दा फिर्ता लिनुपर्ने, संविधान संशोधनलगायतका माग अघि सारेको छ । प्रधानमन्त्री ओलीले जसपाका माग पूरा गर्ने आश्वासन समेत दिइसकेका छन् ।