राति नौ बजेपछि रात्रीकालिन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सुझाव



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ ।

छिमेकी देश भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड–१९ को संक्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सीसीएमसीलाई बिहीबार ८ बुँदे सुझाव दिएको हो ।

विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने लगायतका सुझाव मन्त्रालयले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो

  काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ ।

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन

नाबालिका हत्या आरोपमा सिरहामा छिमेकी आमाछोरी पक्राउ

  सिराहा ।  नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ