चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण



चितवन । काठमाडौं बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार कलेजका विशेषज्ञ चिकित्सक र नर्सको ठूलो टिमले कलेजो सफल प्रत्यारोपण गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १० घरभई हाल काठमाडौं बस्दै आएकी ५४ वर्षीया धनकुमारी लामाको शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको कलेजका प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिएका छन् । धनकुमारीलाई उनकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि कलेजो दिएकी थिइन् ।

कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सकहरु सर्जन डा.सञ्जय यादव, डा.एकानन्द सिंह, डा.प्रविन जोशी, डा.जयन्त कुमार शाह, डा.अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, डा.सुरेश गौतम, डा.नविन यादव, हेपाटोलोजिष्ट डा.सागर पौडेल, डा.बरुण श्रेष्ठ, रडियोलोजिष्ट डा.विज्ञान पौडेल, नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा खटिएका थिए ।

उनीहरुसँगै एपोलो अस्पताल नयाँ दिल्लीका डा.निरभ गोयल, डा.अरुणकुमार र डा.सञ्जिव अनिजा पनि प्रत्यारोपणमा सहभागी थिए । विग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीलाई आफ्नो छोरीको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्र निकालेर प्रत्यारोपण गरिएको डा..सञ्जय यादवले बताए ।

उनले १२ घण्टा लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए । कलेजो प्रत्यारोपण गर्ने आमा र दान गर्ने छोरी दुवैको स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

करिब एक वर्ष अघिदेखि काठमाडौंमा कलेजो सम्बन्धी नियमित जाँच गर्दै आएकी धनकुमारी लामाको क्रोनिक लिभर डिजिजका कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले काठमाडौंको वीर अस्पतालका डा.अजित खनालको सल्लाहअनुसार चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि आएकी थिइन् ।

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरु उपलब्ध रहेका कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

उनले चितवनमै कलेजो प्रत्यारोपण सफल भएपछि महंगो शुल्क तिरेर विदेश जानुपर्ने बाध्यता अन्य हुने विश्वास व्यक्त गरे । उनले नेपालमा सहज रुपमा कलेजो प्रत्यारोपणका लागि सहज कानुनी व्यवस्था र राज्यको अभिभावकीय भूमिका हुनुपर्ने बताए ।

सामान्यतया कलेजो दूषित पानी र खानाबाट नै बिग्रन्छ । साथै हेपटाइटिस ‘बी’ र ‘सी’ जो रगतको माध्यमबाट पनि सर्दछ । एक तथ्याङक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारणले विग्रने गर्छ । मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो बिग्रने गर्दछ । हाम्रो शरीरमा ५० देखि ६० प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने गर्दछ ।

त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुन्छ । त्यसैले कम्तिमा पनि बर्षमा एक पटक कलेजोको अवस्था के छ भनेर जाँच गराउन चिकित्सकको सुझाव छ । केही वर्षदेखि चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी नियमित जाँच विशेषज्ञ चिकित्सकबाट हुँदै आएको छ ।

कलेजमा दैनिक २० देखि ३० जना कलेजो सम्बन्धी विरामी उपचारका लागि आउने गरेका डा.सागर पौडेलले जानकारी दिए । उनले उपचारमा आउनेमध्य २० प्रतिशत विरामी प्रत्यारोपण गर्ने खालका हुने गरेको बताए । वयष्क मानिसले बृद्ध, वयष्क र बालकलाई सजिलै दिन सकिने कलेजो प्रत्यारोपण १८ देखि ५० वर्षम्मका उमेर भएका मानिसले सजिले दान गर्न सक्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

इनार खन्ने क्रममा निसास्सिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर