सेनाका शिक्षक र शिक्षार्थीको बङ्गलादेश र पाकिस्तान भ्रमण



काठमाडौं । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष, शिक्षक र शिक्षार्थीसहितको टोलीले बङ्गलादेश र पाकिस्तानको अध्ययन भ्रमण गरेको छ ।

उक्त कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृत टोलीले साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीको नेतृत्वमा ४० बङ्गलादेश तथा मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ को टोली पाकिस्तान अध्ययन भ्रमणमा गएको थियो । टोलीले ती मुलुकका स्थल, जल र हवाई सेनाका निकाय, महत्वपूर्ण औद्योगिकस्थल एवं समकक्षी कलेजको भ्रमण गरेको थियो ।

वार्षिकरूपमा हुने यस्ता भ्रमणले ती मुलुकका जल, थल तथा वायु सेनाको युद्धकलालगायतका नवीनतम प्रविधि प्रयोगबारे अवलोकनको अवसर मिल्दै आएको सेनाले जानकारी दिएको छ । भ्रमणबाट शिक्षार्थीलाई समसामायिक सैनिक विषयमा ज्ञान हासिल गर्नका साथै सैन्य कूटनीतिमा समेत सकारात्मक प्रभाव पर्ने सेनाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

चितवन। चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ

बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री

ढोरपाटन (बागलुङ)। यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन

सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन

पाल्हीनन्दन (नवलपरासी)। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख