महान्यायाधिवक्ता खरेलले दिए पदबाट राजीनामा



काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध सुमधुर रहेको बताए ।

२०६४ र २०७० सालका संविधानसभामा सदस्य रहेका उनी केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुनमन्त्री थिए । खरेल महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य थिए ।

यसअघि प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो । उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो ।

खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । उनले आफ्नो कार्यकालमा कानुन निर्माणमा ठूलो काम गरेको बताए । उनी २६ औं महान्यायाधिवक्ता हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपदको पहिलो उद्धारकर्ता समुदायलाई बनाउने संयन्त्रमा जोड

  काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

खजुरा (बाँके) । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ

घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर ।  मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ। सरकारको घुम्नैपर्ने एक