४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद गौतमलाई रिहा गर्न आदेश



काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिना(दीपक जैसी)लाई कोलकाताको उच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई रिहा गर्न बुधबार साँझ आदेश दिएको हो । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका कार्यालय सचिव सतीश थापाका अनुसार उनलाई अदालतले रिहा गर्ने आदेश दिएको हो । उनी सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेका थिए ।

उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्याइएको थियो । उनीसँग १० वर्ष जेल बसेका राधेश्याम दास भन्ने व्यक्तिले सञ्चारमाध्यमहरुमा खबर गरेपछि यो खुलासा भएको थियो । कोलकातास्थित दमदम सेन्ट्रल जेलमा रहेका ७५ वर्षीय जैसीसँग परिवारका सदस्यले एक महिनाअघि भेटेर आफन्त भएको पुष्टि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

खजुरा (बाँके) । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ