हेलिकप्टरमा शेरधनको ससुराली यात्रा(फोटोफिचर)



काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । उनी श्रीमती जाङ्ग्मु शेर्पाका साथ हेलिकोप्टर चार्टर गरी मंगलबार संखुवासभास्थित मकालु गाउँपालिकाको सेदुवा गएका हुन् ।

उनीहरुसँग त्यहाँका सांसद राजेन्द्र गौतमलगायतका एमालेका केही नेता तथा कार्यकर्ता पनि छन् । मुख्यमन्त्री राई करिब दुई महिना अघि मात्र विवाहबन्धनमा बाँधिएका थिए । राई दम्पत्ति हेलिकोप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएपछि यो विषय बाहिरिएको हो । राईकी श्रीमती शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् ।

उनले लेखेकी छन्, ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान् माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो !’, उनले लेखेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ ! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत