काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयका सचिवलाई कारवाही गर्न माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लेखेको पत्र सार्वजनिक भएको छ । फागुन २३ को मितिमा मन्त्री रावलले मुख्यमन्त्री शाहीलाई पत्र लेखेर सचिव लोकनाथ पौडेललाई संघीय मामिला मन्त्रालयमा फिर्ता पठाइदिन आग्रह गरेका हुन् ।
पत्रमा भनिएको छ, ’सचिव पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी आ.व. ०७७/०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको कार्य नगरेर मन्त्रालयको कार्यसम्पादन प्रगति एकदम कमजोर देखिएको हुनाले निज सचिवलाई नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारवाही अगाडि बढाउन माननीय मुख्यमन्त्रीज्यूलाई हार्दिक अनुरोध छ ।’


प्रतिक्रिया