प्रदेश एकको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बोलाइएको बैठक अर्को अनिश्चितकालका स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा नियामवाली २०७४ को नियम ६ को उपनियम ३ बमोजिक अर्को सूचना नभएएसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी दिए ।
यसअघि फागुन २० गते पनि विशेष कारण देखाउँदै प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलापछि प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव अन्योलमा परेको छ।