प्रधानमन्त्री अर्थात् भत्काउ डाक्टरी !
काठमाडौं । लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को डाक्टरी पदवी दिनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत संग्रौलाले संसद, पार्टी र मर्यादा भत्काएकाले उनलाई अर्को डाक्टरी पदवी दिनुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्री ओली सरले संविधान भत्काए, संसद भत्काए, शक्ति पृथकीकरणको सन्तुलन भत्काए, राजनीतिक अभिव्यक्तिको मर्यादा भत्काए,सदाचार र पारदर्शिता भत्काए,नेकपा(नेकपा) भत्काए र अब नेकपा(एमाले) भत्काउँदैछन्।ओली सरको ट्रिपल डाक्टरीको पदवीमा अब अर्काे डाक्टरी थपिने भो– भत्काउ डाक्टरी !’