ओलीका गलत निर्णय सच्याएर पार्टी पंक्तिलाई एकढिक्का बनाएर संचालन गर्नुपर्छ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उड्नुका साथै उनकै कारणले कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशातिर धकेलिएको ठहर गरेको छ ।

अभियानका तर्फबाट सचिव बाबुराम थापाले शनिबार विज्ञप्ति जारी गरी एमालेलाई एकढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न अपील गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टीप्रति जनताले दिएको अभिमत, जनचाहना, जनभावना, जनएकता विपरित कार्य गर्न लागेको ठहर गर्दै यसबाट पार्टीमात्र होइन आन्दोलनलाई समेत आघात पुग्ने ठहर पार्टी एकता अभियानले गरेको छ।’

‘नेतृत्व दूरदृष्टियुक्त, लौह अनुशासनपूर्ण र विधि पद्धति, अनुरूप लोकतान्त्रिक मुल्य मान्यतामा प्रतिवद्ध भएको हुनुपर्दछ। यसका विपरित क.के.पी. ओलीले हिजो गरेको तथाकथित घोषणाले उहाँको नेतृत्व क्षमताको धज्जी मात्र उडाएको छैन अपितुःउहाँमा विकास हुँदै गएको व्यक्तिवाद, अहंतावाद, स्वच्छन्दतावाद र पुरोहितवाद जस्ता प्रवृतिले कम्युनिष्ट आन्दोलनलाई समाप्तिको दिशातर्फ धकेलिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट

दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज

जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य छिट्टै अघि बढ्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक

उदयपुरमा आमा छोराको हत्याका अभियुक्त सार्वजनिक

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको