‘कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनाउनु उचित’



काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच मिलेर जाने विषयमा छलफल भएको छ । शुक्रबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरुबीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो । छलफल भएपनि ठोस निष्कर्ष ननिस्किएको नेताहरुले बताएका छन् ।

छलफलका क्रममा जसपा नेताहरुले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्धा फिर्ता, नागरिकताको समस्या समाधान लगायतका आफ्ना एजेण्डाहरु प्रस्तुत गरेको जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । कुनै सहमति नभएको र बृहत छलफलको आवश्यकता रहेको उनले बताए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको र कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनाउनु उचित हुने धारणा आएको जानकारी दिए ।

उनले भने, ‘खुला रुपमा अहिलेको सन्दर्भमा एउटा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने सन्दर्भमा मत, अभिमत सबैबाट प्रकट भएको छ । ठोस रुपमा यो कुरामा नै हामी टुंगोमा पुगेका छौ भनेर भनिहाल्ने बेला भएको छैन । तर संसदको पुनःस्थापना पछाडि अबको राष्ट्रिय राजनीतिले हिँड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुराको सन्दर्भमा उहाँहरुले अपेक्षा पनि राख्नुभयो । राष्ट्रिय राजनीतिले एउटा निकास दिनुपर्ने र त्यो निकास तर्फ अगाडि बढ्दै गर्दाखेरी नेपाली कांग्रेस पार्टी, नेकपा(माओवादी केन्द्र) र जसपा पार्टी दलहरु एकठाउँ उभिने परिस्थिति बन्नु उचित हुन्छ भन्ने धारणा उहाँहरु बाट आयो ।’

प्रवक्ता शर्माले नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि ओली सरकारको विकल्प तर्फ अग्रसरता लिने बारे छलफल भएको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न सरकारलाई महामन्त्री थापाको आग्रह

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)

वार्षिक ६० हजार करोडको खानी उत्खनन गर्ने जाम्बियाले नेपालका खानी उत्खननमा सहकार्य गर्ने

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका