काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसिएपछि आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत धारणा सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो।’ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकका निर्णय भन्दै शुक्रबार ओली समूहले एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खोसेको छ ।


प्रतिक्रिया