यौन दुव्र्यवहारको अभियोगमा सेनाका जर्नेल बर्खास्त
काठमाडौं । यौन दुव्र्यवहारको अभियोगमा नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् । सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।
सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरेको प्रवक्ता पौडेलले बताए । संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुव्र्यवहार गरेको प्रमाणित सैनिक अदालतले उनलाई दोषी ठहर गरेको हो । यसरी यौन दुव्र्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।