काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद्मा नयाँ खेल सुरु हुने बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता खनालले राजनीतिक दलहरुका लागि सबैभन्दा माथिको राजनीतिक मञ्च भएको भन्दै अब नयाँ खेल सुरु हुने बताएका हुन् ।
उनले भने, ‘देशका सबै राजनीतिक पार्टीहरुले खेल्ने ठाउँ नै संसद् हो । अब नयाँ खेल सुरु हुन्छ । अबका नयाँ परिदृश्यहरु विस्तारै देख्नुहुन्छ । ’
उनले संसद् पुनःस्थापना आफैंमा ऐतिहासिक भएको भन्दै संविधानको मर्म र भावना अनुरुप अब अगाडि बढ्नुको कुनै विकल्प नभएको बताए । उनले वर्तमान सरकारले अबको दुई वर्ष पुरा गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया