प्रतिनिधिसभाको बैठक चैत ३ गतेसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ । निधन भएका १४ जना पूर्वसांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । बैठकमा सहभागी हुन संसद भवन पुगेका प्रधामन्त्री केपी शर्मा ओली ने बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि पहिलो बैठक यही फागुन २३ गते बसेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि सूचना टाँस गरी आजका लागि बोलाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गते दिउँसो १ बजे बस्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल

रोम विधान अनुमोदनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । रोम विधान अनुमोदनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने छौंः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका