कोमल वलीले गरिन् पन्तविरुद्ध मानहानीको मुद्दा दायर



काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपाका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्धा दायर गरेकी छन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्धा दायर गरेकी हुन् ।

नेता पन्तले वलीमाथि केही समय अघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको वलीले बताइन् ।

सांसद वलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आफूले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताइन् ।

पन्तले फागुन १५ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा वलीबारे विवादित टिप्पणी गरेका थिए । उनले वलीले कुनै योगदानबिना नै राष्ट्रिय सभासम्मको यात्रा गरेको बताएका थिए ।

उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २०औं वर्षदेखि विवाह नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन् ।’

वलीले मुलुकी अपराध सहिंता २०७४ को दफा ३०५(१), (२)(क) बमोजिम कसुर गरेको दाबी गर्दै पन्तलाई दफा ३०७(१) बमोजिम सजाय हुनुपर्ने मागसमेत गरेकी छिन् । मुलुकी अपराध संहिताको दफा ३०७(१) मा ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई २ वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोटसम्बन्धी