प्रचण्ड–नेपाल समूहले सर्वोच्चको फैसलाबारे सोमबार पार्टीको धारणा सार्वजनिक गर्ने



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाको सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गरेको छ ।

आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरुसँग छलफल गरेका हुन् । छलफलपछि अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला अनपेक्षित र राजननीतिक प्रकृतिको भएको सुझाव आएको जानकारी दिए ।

उनले फैसलाबारे सोमबार स्थायी कमिटीको बैठक बसेर धारणा सार्वजनिक गर्ने बताए । हामीहरुको तर्फबाट नेकपा एमाले र माओवादी केन्द्र दर्ता नगरेको भन्दै अध्यक्ष प्रचण्डले यो विषयलाई फैसलासँग जोड्न नमिल्ने बताए । उनले यसलाई जबर्जस्ती जोड्न खोजिए राम्रो नहुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर