प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ ?



काठमाडौं । नेकपाका सांसद भीम रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि सांसद रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।

रावलले अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो? ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’सरकारले वैद्यता गुमाइसकेको रावलले बताए। रावलले बोलेपछि प्रचण्ड–नेपाल पक्षका सांसद हलबाट निस्केका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम