काठमाडौं । नेकपाका सांसद भीम रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि सांसद रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।
रावलले अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो? ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’सरकारले वैद्यता गुमाइसकेको रावलले बताए। रावलले बोलेपछि प्रचण्ड–नेपाल पक्षका सांसद हलबाट निस्केका छन्।

प्रतिक्रिया