संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम कांग्रेसले गर्नुहुँदैनः वरिष्ठ नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन् ।

शनिबार काठमाडौैंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता  पौडेलले संसदीय प्रणालीको संरक्षक आफूहरु भएको र संसदीय प्रणालीमा  अवरोध आउनु आफूहरुको असफलता हुने बताएका हुन् ।

पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखी संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रित हुनुपर्ने बताए । संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम आफूहरुले गर्न नहुने उनको भनाई थियो ।

उनले भने, ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ । संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो । त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफूलाई केन्द्रित गरौँ । संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम हामीले नगरौँ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उनले सचेत गराए । कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ