कांग्रेस अझै अनिर्णित



काठमाडौं । आगामी संसद बैठक र सत्तासमीकरणका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ । बिहीबार पार्टी सभापनि शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने जानकारी दिए ।

उनले बैठकमा साझा धारणा बनाउने र ठिक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको बताए । उनले सांसदहरुको धारणा लिने र अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौ कि अगुवाई नै गरेर जान्छौ भन्ने कुरा निर्णय लिने बताए । उनले भने, ‘कांग्रेसले अपरिपक्क रुपमा होइन देश, संविधान र वर्तमान परिवेशलाई मध्यनजर गरी निर्णय गर्छ । गोलपोष्ट भित्रै गोल गर्ने गरि ठिक ढंगले राख्छौं । पोल बाहिर गोल जान दिँदैनौ । भोलि संसदीय दलको बैठक बस्छ र साथीहरुको धारणा राखेर ठिक समयमा ठिक निर्णय गर्छ ।’

कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस भित्र प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक मत रहँदै आएको छ । सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुने गरि परिर्वर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसंग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४