माधव नेपालका कारण पार्टी फुट्योः अर्थमन्त्री पौडेल



बुटवल । अर्थमन्त्री एवं नेकपाको केपी ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीका वरिष्ठ नेता माधव नेपालका कारण पटकपटक पार्टी फुटेको आरोप लगाएका छन् । बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले २०५४ मा एकीकृत पार्टीलाई आफैं महासचिव हुँदा फुटाएको र अहिले फेरि उहाँलाई पार्टी एक भएको सैह्य नभएको बताए ।

उनले माधव नेपाल पटकपटक पार्टी विभाजनका अगुवा भएको आरोप लगाए । उनले कम्युनिष्ट आन्दोलन समाप्त पार्ने अभियानमा कसम खाएर लागेको आरोप लगाउदै विभाजनकारीलाई जनताले साथ नदिने बताए ।

उनले भने, ‘प्रचण्ड–नेपालले अँध्यारो कोठामा बसेर कांग्रेस र जनता समाजवादी पार्टी प्रधानमन्त्रीको अफर गर्दैछन । त्यो सम्भव छैन । नेकपाका अधिकांश सांसद पार्टी विभाजनको पक्षमा छैनन् । नेकपामा सरकारलाई गिराएर अन्य पार्टीको मतियार बन्न नेकपाका सांसद लाग्छन जस्तो मलाई लाग्दैन । कम्युनिष्ट इतरको सरकार बनाउन साथ देलान जस्ता लाग्दैन ।’

‘तत्कालिन एमालेको नेता मदन भण्डारीको मृत्युपछि माधव नेपालले देशको शक्तिशाली पार्टीको नेतृत्व गरेका उनले एमालेलाई तेस्रो शक्ति बनाए । तेस्रो शक्तिमा खुम्चिएको एमालेलाई पहिलो शक्ति ओलीले बनाएको नेपाललाई पचेन त्यही भएर उहाँ प्रचण्डभन्दा पनि हिम्मतिलो भएको देखिएर नेकपालाई चौथौ पाँचौ पार्टी बनाउदै कम्युनिष्ट आन्दोलन सिध्याउने बाटोमा लाग्नुभएको छ’ महासचिव पौडेलले भन्नुभयो । पौडेलले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने हरेक षड्यन्त्र असफल हुने बताउदै ओलीले नेतृत्व गरेको नेकपा नै राष्ट्रिय राजनीतिको नेता शक्ति भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा