प्रचण्ड–नेपाल समूहलाई सरकारको नेतृत्व गर्न दिने विषयमा सकारात्मक हुन सकिन्छः रामचन्द्र पौडेल



चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।

बिहीबार बिहान चितवनको नारायणगढमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले केपी ओलीले देशलाई र व्यवस्थालाई जोखिममा पारेकाले ओलीलाई सहयोग गर्न कांग्रेसको नैतिकताले नदिने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले प्रचण्ड–नेपाल समूहलाई सरकारको नेतृत्व गर्न दिने विषयमा सकारात्मक हुन सकिने बताए । उनले भने, ‘यसमा बरु पोजेटिभ हुन र छलफल गर्न सकिन्छ ।’ उनले कांग्रेस सरकारमा जाने नजाने भन्ने बारेमा पार्टीभित्र छलफल भएर निर्णयमा पुग्नुपर्ने बताए ।

उनले कांग्रेस आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग पुर्याए कांग्रेसको भूमिका अझै महत्वपूर्ण हुने बताए ।

बुधबार पार्टीका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा वरिष्ठ नेता पौडेलले कांग्रेसको औकात र हैसियत प्रतिपक्षमा रहने भएको भन्दै सरकारमा जान नहुने बताएका थिए । त्यसको जवाफमा सभापति शेरबहादुर देउवाले काँधमा जिम्मेवारी आए बोक्नुपर्ने भन्दै सानो चित्त नगर्न पौडेललाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेर २० बाट १८ झार्न संसदीय समितिको सुझाव

काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा

अध्यादेशका विषयवस्तु प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका