यसरी हुँदैछ जंगी अड्डामा वर्तमान सुरक्षा वस्तुस्थितिको समीक्षा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोध भावनाको उच्च प्रशंसा गरेका छन् ।

नेपाली सेनाको पृतना समन्वयात्मक तीनदिने बैठकको बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा उद्घाटन गर्दै प्रधानमन्त्रीले सेनाको भावी कार्यदिशा र कार्य योजनाका लागि ठोस आधार निर्माण गर्न बैठक सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘ बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्मका लागि मार्गदर्शन हुनेमा पूर्ण विश्वस्त हुन सकिन्छ ।’

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनका रुपमा विकास गर्ने लक्ष्यप्राप्तिका लागि परिवर्तनलाई संस्थागत गर्दै अघि बढेको बताए ।

उनले भने, ‘बैठकले विषयगत तथा क्षेत्रगतरुपमा हाल भइरहेका कार्यका बारेमा समीक्षा र आवश्यक सुधार, सुदृढीकरण र दिगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।’

बलाधिकृत रथी प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनका लागि दक्ष, व्यावसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा सरकारबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताए ।

बैठकमा रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै पृतनाका पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी छन् ।

महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले बैठकमा आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । बैठकमा प्राप्त सुझावले आगामी दिनमा सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर