अब केपी ओलीबाट देश अघि बढ्दैनः प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा देखिएको तुवाँलो र बादल फागुन २३ गते अगावै चिरिने बताएका छन् ।

बुधबार कोभिडविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दैै अध्यक्ष प्रचण्डले अब राजनीति नयाँ गतिमा अघि बढ्ने बताएका हुन् । उनले सर्वोच्चले संसद पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्नेमा नैतिकता प्रदर्शन गर्न नसकेको बताए ।

उनले नैतिकता भए फागुन २३ गतेअघिनै राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिए । अध्यक्ष प्रचण्डले यदि प्रधानमन्त्रीले फागुन २३ गते अगावै राजीनामा नदिए दलहरु मिलेर हटाउने बताए । उनले अब प्रधानमन्त्री ओलीबाट देश अघि नबढ्ने र उनलाई अब अघि बढ्न नदिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका