प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्छः महामन्त्री कोइराला



चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । कोइरालाले भने, “ नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।”

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संघीय निजामती सेवा गठनसम्बन्धी विधयेक फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने संघको चेतावनी

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन संघले संघीय निजामती सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब

असारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख पुग्न सक्ने

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित थपिन

इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम

महालक्ष्मीमा लिङ्गो उठाएसँगै बिस्केट जात्रा शुरु

भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ